७ कार्तिक २०८३, शनिबार

कांग्रेस संस्थापनमा दुई समूह, पौडेलविरुद्ध को–को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelकाठमाडौं, ११ फागुन । महाधिवेशन सुरु हुन झन्डै एकसाता बाँकी रहँदा कांग्रेसमा संस्थापन पक्षबाट दुईभन्दा बढी उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ।

सभापतिका लागिथ कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् ।

महामन्त्री सिटौलाले पौडेललाई समर्थन नगर्ने निष्कर्ष निकाल्दै युवाहरुलाई समेटेर छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

सिटौलाले आफ्नो टिममा युवा नेता गगन थापा, प्रदीप पौडेललगायतलाई समेटेर प्यानल बनाउने गरी छलफल अघि बढाएका छन् ।

सिटौला निकट स्रोतका अनुसार आफू सभापतिमा र गगनलाई महामन्त्रीमा राखेर प्यानल बनाउने तयारी भएको छ ।

‘मंगलबारको केन्द्रीय समितिको बैठकपछि उहाँको उम्मेदवारी घोषणा गर्ने विषयमा औपचारिक जानकारी हुन्छ, सिटौलासँगै तयारीमा लागेका एक नेताले भने–सकभर सवै पदमा प्यानलै बनाएर टिम घोषणा गर्ने तयारीमा छौं।’