
दार्चुला, १० फागुन । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा संस्थापन पक्षका ललितसिंह बोहरा अत्यधिक बहुमतले विजयी भएका छन् ।
बोहराले २ सय ४७ मत ल्याए । सभापति पदको लागि आइतबार निर्वाचन भएको थियो । मतगणना सोमबार भएको हो । मतदानमा जम्मा ४ सय ९ मत खसेकोमा ४ सय ४ सदर भएको छ । जसमा ५ मत बदर भए ।
बोहराका प्रतिद्वन्द्वी गोपालदत्त जोशीले ३२ मत, गौरीशंकर गिरीले १२ मत, नरेन्द्रसिंह धामीले ४५ मत, मदन गिरीले ५० तथा महादेव बडु कश्यपले १८ मत मात्र ल्याएका छन् ।












प्रतिक्रिया