काठमाडौं, १० फागुन । सामाजिक सञ्जाल फेसबुकबाट महिलालाई जिस्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महिला साथीको फेसबुकमा बिभिन्न खालका अश्लील फोटा तथा म्यासेज पठाई मानसिक यातना दिने जिल्ला नुवाकोट तुप्चे १ घर भएका ३० वर्षीय शिव पौडेललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार पक्रेको हो ।
बैदेशिक रोजगारको सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा उनी नयाँबसपार्कबाट पक्राउ परेका हुन् । उनीमाथि अपराध महाशाखाले आवश्यक अनुसन्धान गरी बिद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।












प्रतिक्रिया