
काठमाडौं, १० फागुन । नेपालको नं. १ फुटवियर ब्राण्ड शिखर शु ले पौष महिनामा लिएर आएको न्यानो जुत्ता, न्यानो माया अन्तर्गतको बिक्रेता प्रवर्द्धन योजनाको समापन गरेको छ ।
सो योजनामा उत्साहजनक सहभागीता प्रदर्शन गरेका आफ्ना बिक्रेताहरुलाई पोखरा निम्त्याई यहि फाल्गुन ७ तथा ८ गते कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा तिन घण्टा औपचारिक कार्यक्रम तथा बाकि समय अनौपचारिक कार्यक्रम गरिएको थियो ।
ब्यापारमा लगनका साथ बिषम परिस्थितिका बावजुद शिखर शुलाई साथ दिने तथा गत पौष महिनामा सबैभन्दा धेरै बिक्री गर्ने काठमाण्डौको हाम्रो जुत्ता भण्डार, गुल्मीको कार्की रेडिमेड, बिराटनगरको नाज शु सेन्टर, नारायणगढको शिखर शु हाउस, युनाइटेड शु प्यालेस तथा दिपक शु, नेपालगन्जको सृजना इम्पेक्स, बिरगन्जको न्यू कन्भर्स शु, हेटौडाको युनाइटेड शु र बिर्तामोडको नोवेल्टि कर्नर तथा हनुमन्त स्टोरलाई ल्यापटप उपहार तथा काठमाण्डौको भृकुटि शु तथा मैनाली शु सेन्टर, मिर्चैयाको शिवम फुटवियर, जनकपुरको एम्पायर शु, बुटवलको मोनिका शु, लहानको करीम बुट हाउसलाई टेलिभिजन उपहार प्रदान गरिएको थियो । उत्कृष्ट ब्यापारीहरुलाई ल्यापटप, टेलिभिजन सहित मोबाइल फोन, राइसकुकर, आइरन लगायतका बिभिन्न उपहारहरु प्रदान गरिएको थियो ।
शिखर शुका अध्यक्ष तथा सन्चालक रामकृष्ण प्रसाईंले कार्यक्रममा शिखर शुको बिगत, बर्तमान तथा भबिष्यको बारेमा प्रकाश पार्दै हालको लक्ष भनेकै छिमेकि मुलुकहरुमा निर्यात गर्नु रहेको बताउनुभयो । शिखर शुकि निर्देशक सङ्गिता कडरीयाले अकल्पनिय प्राकृतिक प्रकोप तथा बिषम राजनितिक परिदृष्यका बावजुद ग्राहकहरुको माया तथा बिश्वाशले शिखर शुको बिक्री सन्तोषजनक रहेको बताउनुभयो ।
यस्तै गरि उक्त कार्यक्रममा फाल्गुन महिनादेखी आउँदो जेष्ठ मसान्तसम्मको ब्यापारलाई मूल्याङ्कन गरि पहिलेको भन्दा बढि उपहारहरु सहितको योजनाको समेत घोषणा गरियो । यसमा बढि भन्दा बढि ब्यापारीहरुले सहभागीता जनाई लाभ उठाउन कम्पनिद्वारा जारी बिज्ञप्तिमा अनुरोध गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले बिक्रेताहरुसँगको सम्बन्ध मजबुत पार्ने यस किसिमका कार्यक्रमहरु भइराख्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया