– माधब न्यौपाने
भैरहवा, १० फागुन । स्थानीय शान्ति समिति रुपन्देही देशका अन्य जिल्लाको तुलनामा उत्कृष्ट शान्ति समितिमा पर्न सफल भएको छ ।
यही फागुन २ गते शान्ति तथा पुन ः निर्माण मन्त्रालयको शान्ति संयन्त्र समन्वय महाशाखाले आधिकारिक रुपमा पत्राचार गरी स्थानीय शान्ति समिति रुपन्देही लगायत स्थानीय शान्ति समिति ताप्लेजुङ, स्थानीय शान्ति समिति दाङ, स्थानीय शान्ति समिति काभ्रेपलाञ्चोक र स्थानीय शान्ति समिति डडेलधुरा समेत गरी पाँचवटा जिल्लालाई उत्कृष्ट घोषणा गरेको हो ।
आर्थिक बर्ष २०७१–०७२ मा समितिले गरेका विभिन्न कामको आधारमा गत भदौ ३१ को नेपाल सरकारका माननीय मन्त्री स्तरको बैठकले सो घोषणा गरेको शान्ति संयन्त्र समन्वय महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।
कसरी उत्कृष्ट भयो समिति ?
कुनैपनि संस्थालाई उत्कृष्ट घोषणा गर्नमा त्यसको कामलाई आधार मानिएको हुन्छ । तसर्थ जिल्लामा रहेर समितिले गरेका कामलाई नै मूख्य आधार बनाएर नेपाल सरकारले पनि रुपन्देहीलाई उत्कृष्ट घोषणा गरेको हो । शान्ति समिति द्वन्द्वपीडितको संरक्षण, अधिकार प्राप्ति, सशक्तिकरण, पुनःस्थापना गर्ने र राज्यबाट उनीहरूलाई दिइएको सेवा सुविधालाई पुर्याउन अभिभावकको काम गर्ने संस्था हो । द्वन्द्वबाट प्रत्यक्ष प्रभावमा परेका महिला र बालबालिका बढी परेका छन् भने द्वन्द्वपीडितको राहत पाउनबाट पनि उनीहरू नै बढी छुटेका छन् । उनीहरू राहत पाउनबाट छुट्नुका धेरै कारण छन् । कोही सूचनाको अभावले छुटेका छन् त कोही सहयोगी वातावरण नहुँदा र महिला तथा बालबालिका आफैले वकालत गर्न नसक्दा छुटेका छन् । पीडितहरूको पहुँच शान्ति समितिको पहलमा मात्र पुगेको छ । पछिल्लो समय शान्ति समितिमा पहुँच पुगेकालाई राज्यबाट सेवा सुविधा दिलाउन सिफारिस गर्ने वकालत गर्ने र सेवामा पहुँच पुर्याउने काम गरी जनतालार्ई सहजता भएको छ ।
यस्ता छन समितिले गरेका मुख्य कामहरु
रचनात्मक एवं सिर्जनात्मक ढंगले शान्ति रुपान्तरणका प्रकृयालाई अगाडी बढाउने सन्र्दभमा स्थानिय स्तरदेखि नै कार्यान्वयन पारस्परीक विश्वासको वातावरणको सृजना गर्ने, मेलमिलाप पूर्नमिलन, समुदाय स्तरमा साना(साना झै झगडा मिलाउने, छुटेका द्रन्द प्रभावितकोे लगत संकलन गरी सुचिकृतको लागि केन्द्रमा सिफारीस गरि पठाउने, राहत पाएका र नपाएकालाई नेपाल सरकारले उपलब्ध गराउने राहतमा पहुँच बढाउन समन्वय सहकार्य र सूचना प्रवाह गरी सिफारीस गर्ने, जिल्लामा रहेका द्रन्द प्रभावित परिवारको क्षमता अभिवृदी गरी राज्यले प्रदान गरेको सेवा सुविधाको उपभोगमा वृद्री गर्ने कार्यमा सहजिकरण, जिल्लाका ७ वटै निर्बाचन क्षेत्र अन्र्तगत गाबिस स्तरिय शान्ति समितिका संयोजकहरु, गाबिस सचिबहरु र द्रन्द प्रभावित ब्यक्तिहरुलाई केन्दितगरी क्षमता अभिबृदि तालिम सम्पन्न । जसले गर्दा स्थानिय श्रोतको परिचालन गरी स्थानिय स्तरमा शान्ति स्थापना गर्न र द्रन्द प्रभावित परिवारलाई सहयोग पुग्ने कार्य गर्न जोड दिईएको छ, द्रन्द प्रभावित ब्यक्ति र परिबारहरुलाई आपसी सम्बन्धमा सुधार ल्याउन र मेलमिलाप पुर्नमिलन कार्य गरी भत्केको मनलाई जोडने काम गरेको छ, त्यस्तै द्रन्द प्रभावित परिवारलाई आय आर्जन गरी जिबिकोपार्जनमा सहयोगको बाताबरण मिलाउने द्रन्द प्रभावित परिवारलाई राहत प्रदान गर्ने सेबा प्रदायक निकायहरुको सामाजिक जबाफदेहिता बढाउन सहजिकरण गरी छिटो राहत पाउने बाताबरण भएको छ ।
रुपन्देही जिल्लामा द्धन्द्र प्रभावित व्यक्ति विच पुनःमिलन सहयोग र सम्मान कार्यगरी स्थानिय गाविस स्तरदेखि नै द्धन्द समाधान रुपान्तरण गर्न कार्य भएको छ । , द्वन्द्वका क्रममा भएका पीडाहरूलाई सही रुपले सम्बोधन गर्न, क्षतिग्रस्त संरचनाहरू निर्माण गर्न सामाजिक सद्भाव कायम राख्न समाजमा वास्तविक न्यायको प्रत्याभूति दिन पनि स्थानीय स्तरबाटै हातेमालो गरी केन्द्रीय तहमा दबाब दिन सक्नुपर्दछ । जिल्लामा गठित शान्ति समितिहरुले विगतको सशस्त्र द्वन्द्वको कारणले क्षत(विक्षत भएका सामाजिक सदभाव कायम राख्ने, मेलमिलाप कायम गर्न पहल गर्ने, शान्ति सम्वन्धी जनचेतना प्रवाह गर्ने, मध्यस्थता एवं द्वन्द्व प्रभावित परिवारलाई आय आर्जन गरी जिबिकोपार्जनमा सहयोगको बाताबरण मिलाउने र सेबा प्रदायक निकायहरुको सामाजिक जबाफदेहिता बढाउन सहजिकरण गरी छिटो राहत पाउने बाताबरण मिलाउने जस्ता पक्षलाई तदारुकताका साथ अघि बढाएको छ ।
को थियो समितिको संयोजक ?
कुनैपनि काम सफल असफल हुनुमा त्यस संस्थाको नेत्रित्व पंतिमा भएको व्यक्तिमा भर पर्ने हुनाले यस कार्यकाल सफल हुनुमा पनि स्थानीय शान्ति समितिको संयोजन गरिरहनु भएकी यस क्षेत्रकै उत्कृष्ट, सधै महिला हक र अधिकारका बारेमा आवाज उठाउने महिलाको रुपमा चिनिनुभएकी ज्ञानु पौड्या लाई लिन सकिन्छ । अन्य समयमा ६ महिनामा कार्यकाल परिवर्तन हुने समितिमा उहाँको कार्यकाल १४ महिनाको समेत रहेको थियो ।
लामो समयसम्म नेपाल सरकारको स्वास्थ्य विभागमा रही स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको, गाविस, जिल्ला, केन्द्र र राष्ट्रिय स्तरमा सामाजिक क्षेत्रमा आवद्धता रही ३० वर्षदेखि महत्वपूर्ण कार्यहरू गरेको, अन्तर्र्रािष्ट्रय स्तरका भ्रमणहरू गरी महिला र बालबालिकाको विषयमा कार्यपत्रहरू प्रस्तुति लयागतका काममा अनुभव प्रदान गरिसक्नुभएकी पौड्याल स्थानीय शान्ति समितिबाट उत्कृष्ट काम गर्दै कार्यकालबाट बिदा लिएपनि हाल नमूना एकीकृत विकास परिषद रूपन्देहीको संस्थापक अध्यक्ष, गैर सरकारी संस्था समन्वय समिति रूपन्देहीको अध्यक्ष, श्री पहुँच महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लैंगिक हिंसा विरुद्धको स्रोत समूहको सदस्य, प्रजनन स्वास्थ्य समन्वय समिति, रूपन्देहीको सदस्य, नेपाल सरकार, गृह मन्त्रालयद्वारा गठित ‘लागु पदार्थ रोकथाम कार्यान्वयन समितिको सदस्य, नेपाल रेडक्रस सोसाईटी, रूपन्देहीको आजीवन सदस्य, महिला तथा बालबालिकाको बेचबिखन तथा यौन शोषण विरूद्धको दक्षिण एशियाली संजालको उपाध्यक्ष, राष्ट्रिय कार्य योजना, जिल्ला समन्वय समितिको सदस्य समेत रही आफ्नो कार्यभार समाल्नुभएको छ । अझ भन्नेहो भने पछिल्लो समय उहाँ संचार क्षेत्रमा समेत आवद्ध रहनु भएको छ । भैरहवा बाट प्रकाशित गौतमबुद्ध सन्देश पत्रिकाका संचालक समेत रहनुभएकी पौड्याल बुटवलमा रहेको रेडियो मुक्तिमा समेत रहेको बताउनु हुन्छ ।












प्रतिक्रिया