
नयाँदिल्ली, १० फागुन । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधान त्यहाँको आन्तरिक दस्ताबेज भएकोले यसमा भारतले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको सरकारले दिँदै आएको अभिव्यक्ति भन्दा फरक अर्थलाग्ने गरी राष्ट्रपति मुखर्जीले नेपालप्रति भारतीय जनता र नेतृत्वको सद्भाव कायम रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओसीसँग राष्ट्रपति मुखर्जीको भेटघाटका क्रममा मुखर्जीलाई उदधृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने,‘नेपालको संविधान नेपालकै आन्तरिक दस्तावेज हो । भारतले असन्तुष्टि र असहमति राख्नुपर्ने कुनै कारण नै छैन ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया