७ कार्तिक २०८३, शनिबार

विमानस्थलका तीन वटा ढोकामा ताला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-nepalकाठमाडौं, १० फागुन । तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्र्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्ता यादव कोइरालाको नेतृत्वमा ३ वटा शंस्कास्पद ढोकामा ताल्चा लगाइएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कोइराला शनिबार अनुगमन तथा बैठकका लागि विमानस्थल पुगेका थिए ।

कोइरालाकै नेतृत्वमा गृहले विमानस्थल तथा अध्यागमन सुधारका लागि कार्ययोजना बनाइरहेको छ ।