१ कार्तिक २०८३, शनिबार

भारतमा ५.७ म्याग्नेच्युडको भूकम्पको धक्का, केन्द्र हिन्दकुश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nepal

काठमाडौं, ९ फागुन । भारतमा एकपटक फेरि ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिउँसो २ बजेर ४२ मिनेटमा हिन्दकुश क्षेत्रमा केन्द्र बनाएको ५.७ रेक्टर स्केलको भूकम्पको धक्का उत्तराखण्डदेखि कश्मीरसम्म महसुस गरिएको बताइएको छ ।

भूकम्पबाट कुनै क्षति भएको विवरण आइसकेको छैन् । यसअघि आज विहान पनि ४.५ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले सर्वसाधारणमा त्रास थपिएको बताइएको छ ।