
– डम्मर राज भट्ट
महेन्द्रनगर, ९ फागुन । अवैध साल र सिसैउको काठले भरीएको टयाक्टरसहित तीन जना कञ्चनपुरको कलुवापुरबाट पक्राउ परेका छन् ।
म १ त ४९४ नम्मरको ट्याम्टरमा साल ३६ क्यूफिट र २ क्यूफिट सिसैउको गरी ३८ क्युफिट चिराईको काठ इट्टा र सिमेन्टको बोरामुनी लुकाईएर लग्दै गरीरहेको अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रसाद शर्माले बताए ।
उक्त काठ कृष्णपुरको दोमील्ला बाट ल्याईएको उनीहरुले बताएका छन् । पक्राउ पर्नेमा दोमिल्लाका अम्बा दत्त जोशी, भिनपा ३ का प्रकाश चौधरी र सोही ठाउँका बन्धु चौधरी रहेका छन् ।
तिनै जनालाई जिल्ला अदालतमा बुझाई म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रमुख वन अधिकृत शर्माले वताए ।












प्रतिक्रिया