– सुमन घिमिरे
मोरङ, ९ फागुन । आयोजक मोरङ फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाईनलमा प्रबेश गरेको छ ।
आज अपरान्ह स्थानिय शहिर रंगशालामा भएको दोश्रो क्वार्टरफाईनल खेलमा भारतको सिक्किम युनाईटेड फुटबल क्लबलाई २ – ० गोलले हराउँदै मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मोरङलाई फुटवल प्रतियोगितामा अहिले सम्मकै ठुलो सफलता दिलाउँदै सेमिफाईनल सम्म पुर्याउन नाईजेरियन खेलाडी सिको र रुपेश केसीले एक÷एक गोल गरेका थिए । पहिलो हाफमा दुबै टिमबीच कुनै पन िगोल हुन सकेको थिएन । दोश्रो हाफमा उत्कृष्ट खेल पस्कदै मोरङले दुई गोल गरेको हो । मोरङका लागि सिकोले खेलको ७८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हाफको इन्जुरी समयमा मोरङका रुपेश केसीले एक गोल गरेपछि मोरङ २ – ० गोलले विजयी भएको हो । आजको खेलमा मोरङलाई अग्रता दिलाउन सफल विदेशी खेलाडी सिको म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै झापा ११ बिराट गोल्डकपको सेमीफाईनलमा प्रबेश गरेको छ । भारतको जर्ज टेलीग्राफसँग हिजो एक÷ एकको बराबरी भएपछि पेनाल्टी सुटआउट गर्ने क्रममा अध्यारो भएपछि आज पुन खेलाउने शर्तका साथ खेल स्थगित गरीएको थियो । आज पुन खेलाईएको खेलमा झापाले ५ –१ गोल अन्तरको प्रभावशाली जित निकालेको हो । खेलको पहिलो मिनेटमै गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि त्यसपछि सम्हालिन नसक्दा पाहुना टोली टेलीग्राफ क्वाटरफाईनल बाटै घर फर्किन बाध्य भयो ।
आज बिहान भएको खेलमा डिफेण्डिङ च्याम्पियन झापाका लागि बुद्ध चेम्जोङ र कर्ण लिम्बुले समान २–२ गोल गरे भने बिशाल राईले एक गोल थपे ।
प्रतियोगितामा भोली दुई बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।















प्रतिक्रिया