१५ कार्तिक २०८३, आइतबार

बिहान सबैजना सुतेको मौका छोपी आलेले यसो गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahotari-Gausala

महोत्तरी, ९ फागुन । महोत्तरीको गौशालामा एकजना युवकले आज बिहान पासो लगाएर आत्महत्या गरेका छन् । गौशाला नगरपालिका–५ का ३५ वर्षीय मानबहादुर आलेले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बिहान सबैजना सुतेको मौका छोपी आलेले पासो लगाएर आत्महत्या गरेको निजका बुबा एकाबहादुर आलेले बताउनुभयो । करिब छ महिना पहिले मलेसियाबाट फर्केका उनी गाउँमै कामकाज गर्दै आएका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

मृतक आलेका तीनवटा छोराछोरी रहेका छन् । रासस