काठमाडौं, ९ फागुन । सुशील कोइरालाको निधनका बेला विवादमा तानिएकी कोइराला परिवारकी सदस्य एवं कांग्रेसमा नेता बन्न कसरत गरिरहेकी मृदुला कोइरालाले बल्ल खोलेकी छिन् ।
कोइरालाको निधनपछि उनीमाथि थुप्रै आरोप लागेको थियो । जसको खण्डन गर्दै उनले यसरी स्पष्टिकरण दिइन् ।
मृदुला कोइराला
नेपाली कांग्रेसको महाधिबेशनमा भाग लिन म १२ माघमा मोरड गएँ । जानुभन्दा पहिले मैले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटेँ । १५ गते इकाई अधिबेशन छ म जान्छु भने । उहाँ सामान्य विरामी नै हुनुहुन्थ्यो । स्यारसुहार गर्नुपर्ने भएकोले मैले छुट्टि पाएकी थिइन । मैले त्यति भनेपछि जाउ भन्नु भयो ।
मोरड पुगेपछि पनि पटक पटक फोन कुरा हुन्थ्यो । कुरा गर्दा उहाँले अधिबेशन सकेर काठमाडौै आउ भन्नुभयो । जिल्ला अधिबेशन २५ गते थियो । त्यो सकेर २६ गते फर्किने मेरो तयारी थियो । तर २५ गते राति नै उहाँको निधन भएको खवर पाँए ।
नयाँपत्रिका दैनिकमा समाचार छ ।















प्रतिक्रिया