१ कार्तिक २०८३, शनिबार

रेखा र छबि फेरि नजिकिँदै, के-के भो दुईबीच ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha & Chhabiकाठमाडौं । झण्डै तीन वर्ष अघिदेखि अलग बस्दै आएको रेखा थापा र छबि ओझाको आजकाल बाक्लै भेटघाट हुन थालेको फिल्मी क्षेत्रमा गाइँगुइँ चर्चा हुन थालेको छ ।

विशेष गरेर फिल्मी कार्यक्रमहरूमा यो जोडी अलि धेरै बाक्लै देखिन थालेको चर्चा छ । पतिपत्नीका रुपमा लामो समयसम्म सँगै बसेर छुट्टिएको रेखा र छबिको यो जोडीले औपचारिक रुपमा विहे भने गरेको थिएन । रेखाले आफ्ना अन्तर्वार्ताहरूमा पनि यो कुरा स्वीकार गर्ने गरेकी छिन् ।

राम्रा युवतीलाई आफ्नो होमप्रोडक्सनमा प्रवेश गराइहाल्ने छबिको बानी देखेर दिक्क भएकी रेखाले उनलाई त्यागेकी हुन् । अहिले पनि छबिको बानीमा सुधार नभएको रेखाको बुझिइ छ ।

फिल्मी करियर बनाउन छबिको भरपूर प्रयोग गरेकी रेखाले आफ्नो फिल्म ‘रामप्यारी’लाई रिलिज गर्दा छबिको सहयोग चाहन्छिन् । किन भने चैत २६ गते रिलिज हुन लागेको रेखाको ‘रामप्यारी’सँग जुध्न छबिको ‘हिम्मत २’ पनि आउँदैछ । ‘हिम्मत २ र ‘रामप्यारी’ एक आपसमा जुधे भने त्यसको फाइदा दुबैलाई हुने छैन ।

सोही दिन करण क्रेजीले अभिनय गरेको ‘टापु’ पनि रिलिज हुँदैछ । ‘टापु’ले पनि ठूला ब्यानरका फिल्मसँग जुध्ने मन बनाएर बसेको छ ।

स्रोतका अनुसार फिल्म मेकर छबिले आफ्नी पूर्व पत्नी रेखालाई चैत २६ गते फिल्म नजुधाउने आश्वासन दिएका छन् । तर उनले यो विषय आधिकारिक रुपमा बताएका छैनन् । रेखाले पनि पूर्व पतिलाई रिझाउन हदैसम्म गर्न भ्याएको समाचार बाहिर आइरहेका छन् ।

रेखा र छबिको यो बाक्लो भेटघाट कहाँसम्म पुगेको छ दुबैले केही नबताए पनि उनीहरूबीचको घट्दो दुरीले फिल्म क्षेत्रफेरि एक पटक रोमाञ्चित बन्न पुगेको छ ।