काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्ययागमले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ ।
ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो ।
विमानस्थलबाटै फरार, हुनेमा लविन तमाङ, कमला तमाङ, मिङ्मार तामाङ, तेक्बासाङ्मु तामाङ, नगिज्योक तमाङ, छिरिङ शेर्पा र कमला तमाङ रहेका छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका बासिन्दा रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन ।
यसअघि अवैध रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमलाई जवाफ दिएका थिए ।















प्रतिक्रिया