
काठमाडौं । कलाकार दिपकराज गिरीले नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईको आलोचना गरेका छन् ।
आफ्ना सन्देशहरु सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने दिपकराजले शनिबार फेसबुकबाट एक सन्देश लेखि बाबुरामको आलोचना गरेका हुन् ।
उनले आफूहरुले पोस्टर बनाएको तलब ३० हजार दिने गरेकोमा बाबुरामले नयाँ शक्तिको लोगो बनाउन ५ हजार तोकेको कुरालाई उठाएका छन् ।
उनले प्रश्न गर्दै भनेका छन्- ‘कमरेड बाबुरामको नयाँ शक्तिको झन्डा डिजाइन गर्ने कलाकारलाइ रू ५ हजारको पुरस्कार राशि घोषणा भएछ । एउटा फिल्मको पोष्टर डिजाइन गर्नेले ३० हजार पाउछ । यहाँ, पार्टीको झन्डा डिजाइन गर्नेलाइ ५ हजार रे कस्तो सस्तो भाउ हो झन्डाको ?????????’
















प्रतिक्रिया