१५ कार्तिक २०८३, आइतबार

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी गौतमलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, ८ फागुन । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।

शुक्रबार भारतको राजकीय भ्रमणमा जानुअघि त्रिवि विमानस्थलमै उहाँले सोसम्बन्धी पत्र गौतमलाई दिनुभएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कावा अध्यक्षले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।

पार्टीको स्थायी कमिटी बैठक पनि छिट्टै बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीति, पार्टी सङ्गठन, नवौँ अधिवेशनपछि विभिन्न विभागहरुलाई पूर्णता दिई व्यवस्थित गर्ने लगायतको कार्यसूची रहने एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

‘नेपालको संविधान’ जारी भएपछि यसप्रति रहेका भ्रम र अन्योल चिर्न पार्टीले गत पुसदेखि यही फागुनसम्म सञ्चालन गरेको अभियानको पनि समीक्षा गरिनाका साथै पार्टीको आयोजनामा देशका पूर्वदेखि पश्चिमसम्म ठुल्ठुला सभा गरिने विषयमा निर्णय लिइने बताइएको छ ।