१ कार्तिक २०८३, शनिबार

बरिष्ठ पत्रकार मिश्रलाई गोली हानेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarun_Mishraसुल्तानपुर, ८ फागुन । भारतको उत्तर प्रदेशस्थित सुल्तानपुरमा जनसन्देश अखबारका ब्यूरो चिफ एवम् बरिष्ठ पत्रकार करुण मिश्रलाई गोली प्रहार गरी हत्या भएको छ ।

सुल्तानपुरको अंबेडर नगर इलाकमा जनसन्देश अखबारका ब्यूरो चिफ मिश्रालाई शुक्रबार दिउँसो अपरिचित समूहले गोली हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पत्रकार मिश्राको घर विवेक नगर इलाकाको सुल्तानपुरदेखि करीब १५ किलोमिटर टाढा पर्छ । पत्रकार मिश्र सधैँ जस्तै आज पनि अखबारको कार्यालय जाँदै गर्दा गोली हानेको स्थानीय प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते बनेका मिश्रलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको छ ।

प्रहरीका अनुसार पत्रकार मिश्रले पत्रकारिताका साथै घरजग्गाको पनि काम गर्दै आएका थिए ।

उत्तर प्रदेशका मुख्यमंत्री अखिलेश यादवले पत्रकार मिश्राका परिवारलाई दस लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् । एजेन्सी