– अनिल खत्री
गुल्मी, ८ फागुन । नेपाली कांग्रेस गुल्मीको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि सारिएको कांग्रेस गुल्मीको जिल्ला अधिवेसन आजबाट सुरु भएको हो ।
नयाँ नेतृत्वका लागि सहमति हुन नसकेपछि मतदानमार्फत नयाँ नेतृत्व चयन हुन लागेको छ ।
सभापतिका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिको लागि भुवनप्रसाद श्रेष्ठ, शालिकराम पन्थी, छन्द पहराई, बेद मगर र दामोदर भुसालले उम्मेदवारी दिएका हुन् ।
सचिवका लागि महेन्द्र भण्डारी र खिलध्वज पन्थीले उम्मेद्वारी दिएका छन् । जिल्ला कोषाध्यक्षमा हरिबहादुर खत्री, हीरा सिंह सराङ्गकोटी मगर र रमेशकुमार भण्डारीले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि बिहान ११ बजेबाट मतदान सुरु भएको छ ।
३ वटा निर्वाचन क्षेत्रबाट ८ सय ८९ जना प्रतिनिधी मतदान प्रक्रियामा सहभागी भएका छन् ।














प्रतिक्रिया