एथेन्स (ग्रिस), ८ फागुन । ग्रिसले युरोपियन युनियनसँग आगामी मार्चसम्म खुला सीमा नीति कायम राख्न आग्रह गरेको छ ।
ग्रिसको सरकारी स्रोतका अनुसार युरोपमा बढ्दो आप्रवासी शरणार्थी समस्या एउटा जटिल रुपमा विस्तार भएपनि यसलाई शान्त एवम् धैर्य तरिकाले समाधानका लागि ग्रिसले उक्त धारणा ल्याएको हो ।
ग्रिसले यदि शरणार्थी समस्याबाट सिर्जित सङ्कट ईयू सदस्य राष्ट्रबीच सहकार्य गरी समाधान प्रयास नगरिएमा बेलायतलाई ईयूमा राख्ने सम्बन्धमा शुक्रबार हुने वार्तामा सहभागी नहुने बताएको छ ।
आगामी मार्च ६ मा गर्ने भनिएको ईयू¬–टर्की सम्मेलन पूर्व ईयू सदस्य राष्ट्रबीच सर्वसम्मत निर्णय हुनु आवश्यक हुने ग्रिसको भनाई छ ।
कुनै पनि राष्ट्रले एकतर्फी रुपमा आफ्नो सीमा बन्द गर्न नहुने भन्दै यसो भएमा ग्रिसले बेलायत ईयूमा रहने गरी गर्न लागिएको सहमतिलाई स्वीकार नगर्ने बताएको छ । एएफपी















प्रतिक्रिया