काठमाडठौं, ८ फागुन । आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन ।
स्वयम्भु वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरीक्षक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको राजधानी दैनिकले समाचार छापेको छ ।
छड्के जाँचका क्रममा नागढुंगाका प्रहरीले सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको तथा स्वयम्भुका मुद्दा शाखाका प्रहरीले पनि सोही प्रकृतिको आचरण देखाएकाले परिसर तानिएको हो ।
त्यसैगरी नयाँ बसर्पाकका सई निर्मल ज्ञवाली भने १ लाख रुपैँया चोरी भएको आरोपमा परिसरमा तानिएका छन् ।
मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेकाको गोजीबाट पैसा चोरेको अभियोगमा उनलाई तानिएको हो ।















प्रतिक्रिया