
मुम्बई । लामो समयसम्म ‘लिभ इन रिलेसन सिप’ अर्थात (विहे अगाडि नै सँगै बस्नु)मा रहेकी बलिउड अभिनेत्री बिपासा बसुले बिहे गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।
उनले आगामी मार्चमा प्रेमी करण सिंहसँग इन्गेजमेन्ट गर्नेछिछन् । त्यसपछि मात्रै बिहेको मिति टुंगो लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । करण सिंह र उनकी श्रीमती जेनिफर विन्गेटको सम्बन्ध विच्छेद पुरा नभइसकेका कारण बिपासाले तत्कालै बिहेको मिति घोषणा गर्न पाएकी छैनन् ।
तर मार्चमा उनले अनौपचारिक रुपमा बिहेको घोषणा गर्नसक्ने बताइएको छ । जेनिफर र करणबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले अदालतमा छ । छिट्टै नै यसको अन्तिम फैसला आउनसक्ने बताइएको छ । विपाशा र करण लामो समयदेखि रिलेशनसीपमा छन् । अर्थात उनीहरुबीच शारीरिक सम्बन्ध गाँसिएको बताइएको छ ।
समाचार अनुसार विहेका लागि विपाशा निकै हतारिएकी छिन् । करण भने आफ्नी जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने झमेलामा फसेका छन् । करण बलिउडका नवनायक हुन् ।















प्रतिक्रिया