१ कार्तिक २०८३, शनिबार

विमल घर्तीमगरलाई गृह जिल्लामा भव्य स्वागत, सभासदले दिए यस्तो उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-ghartimagar

नवलपरासी, ७ फागुन । भारतलाई उसकै घरमा हराउँदै २३ वर्षपछि उपाधि जित्ने नेपाली फुटबल टिमका सदस्य विमल घर्तीमगरलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।

१२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदम जितेपछि आफ्नो गृह जिल्ला नवलपरासी पुगेका विमल घर्ती मगरलाई बर्दघाटका स्थानीयवासी र संघसंस्थाले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा नवलपरासी क्षेत्र नं. ५ का सभासद् विक्रम खनालले २५ हजार नगद प्रदान गरेर सम्मान गरेका थिए । बिमलको घर बर्दघाट नगरपालिका–८ मा रहेको छ ।

बिमलले विश्वमै नेपालको नाउँ राख्न सफल भएको भन्दै सभासद् खनालले बिमलजस्तै प्रतिभा भएका खेलाडीहरु नवलपरासीमा रहेकाले उनीहरुको प्रतिभालाई अगाडी ल्याउन खेलकुद विकासले पहल गर्नुपर्नेमा जोड दिए ।