१ कार्तिक २०८३, शनिबार

विराट गोल्डकपः मोरङले रुपन्देहीलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birat-Goldcup

– समुन घिमिरे
मोरङ, ७ फागुन । आयोजक मोरङ फुटवल क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रबेश गरेको छ ।

स्थानिय शहिद रंगशालामा आज भएको खेलमा रुपन्देही ११ लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोरङ क्वार्टरफाईनलमा पुगेको हो । मोरङका लागि विजय धिमालले खेलको ३२ औ मिनेटमा गोल गर्दै टिमलाई १ – ० को अग्रता दिलाएका थिए । मोरङकै कप्तान दिपक राईले खेलको ४९ औ मिनेटमा गोल गर्दै खेललाई २-० मा पुर्याएका थिए । खेलको ५८ औ मिनेटमा रुपन्देहीका शिव श्रेष्ठले एक गोल गरेका थिए । यस्तै ७८ औ मिनेटमा रुपेश केसीले थप एक गोल गरेपछि मोरङ ३ – १ गोलले विजयी भएको हो ।

आजको खेलमा मोरङलाई सुरवाती अग्रता दिलाउने विजय धिमाल म्यान अफ द म्याच घोषित भएका थिए । यसअघिका प्रतियोगितामा टिममा उत्कृष्ट खेलाडी नहुँदा लज्जास्पद हार ब्यहोर्दै आएको मोरङ यसपटक भने नयाँ खेलाडीलाई भित्राउँदै विपक्षी टिमलाई कडा चुनौती दिने रणनिति बनाएको छ ।

प्रतियोगितामा भोली क्वार्टरफाईनलको खेल हुने भएको छ । भोली हुने क्वार्टरफाईनल खेलमा रमपम झापा ११ र जर्ज टेलिग्राफ कोलकाता भारतबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ हिजो भएको खेलमा भारतको उडिसा स्टेट फुटवल क्लबलाई हराउँदै क्वार्टरफाईनलमा पुगेको हो भने जर्ज टेलिग्राफले सिधै बाई पाउँदै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको थियो ।