काठमाडौं, ७ फागुन । नेपाली बजारमा शुक्रबार फेरि सुनको मूल्य बढेको छ ।
बुधबार ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज एकैदिनमा तोलाको ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन बिहीबार भने स्थिर थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज ५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४० रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया