१ कार्तिक २०८३, आइतबार

जलविद्युत आयोजना निर्माणमा अवरोध गर्नेलाई सेनाले गोली ठोक्छः उर्जामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TOP-BAHADUR

काठमाडौ, ७ फागुन । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अब पनि जलविद्युत विकासमा अवरोध भए सेना परिचालन गरि कारवाही गरिने चेतावनी दिएका छन् ।

उनले सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाउने बताए । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘अब जलविद्युत आयोजना निर्माणमा कसैले अवरोध गर्न सक्दैन । अवरोध गर्न खोज्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउँछौ । त्यति गर्दा पनि नभए सेना परिचालन गरेर भएपनि अघि बढाउँछौ ।’

मन्त्री रायमाझीले आउँदो वर्ष उर्जाको क्षेत्रमा उथलपुथल वर्ष हुनेभन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने र त्यति नै परिमाणमा भारतबाट विजुली आयात गरेर जनताले महसुस गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ्ग अन्त्य गर्ने दावी गरे ।

उनले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा शनिवारबाट ८० मेघावाट विद्युत आयातको उद्घाटन गर्नुहुन्छ । त्यसपछि एक देखि दुई घण्टा लोडसेडिङ घटाउने र यो वर्ष अहिलेको भन्दा लोडसेडिङ्ग बढ्न दिदैनौ ।’

मन्त्री रायमाझीले विद्युत विकासकोलागि जेनेरेसन, ट्रान्समिसन र ईन्जिनियरिङ्ग सरकारी कम्पनी निर्माण गर्ने योजना सुनाउँदै अब जेनेरेसन कम्पनीमार्फत जलासाय यूक्त आयोजनहरुको निर्माण र अध्ययन अघि बढाउने र त्यसकोलागि ईपीसीएफ, बीटी, बुट, जी टु जी, कम्पनी, प्राधिकरण वा विकास कुनै एक मोडलबाट उत्पादन गने बताए ।

उनले भने, ‘जुन सम्भव हुन्छ त्यही मोडलमा गएर विद्युत उत्पादन गर्ने हो । ४० देखि ५० प्रतिसत जलासाययूक्त आयोजना, १५ देखि २० प्रतिसत रनअफ दि रिभर, २५ देखि ३० प्रतिसत पीआरओआर र बाँकी बैकल्पिक उर्जामा जान्छौ ।’

उनले थपे, ‘१ सय बढी आयोजना सञ्चालनमा छन । अब सबैको काम एक्सनमा जान्छ । अझै तिब्रताका साथ अघि बढाउन सहजीकरण गर्छौ ।’