
काठमाडौं, ७ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले योग्यता भएका बेरोजगार युवाका लागि जागिरको अवसर दिँदै दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले एक सूचना प्रकाशित गरी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)का लागि २ सय ९२ जना अधिकृत मागेको हो । दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न सबै जिल्ला र नगरपालिकामा कार्यक्रम अधिकृतको पदपूर्ति गर्न लागिएको हो । जसअनुसार २१७ नगरपालिका र ७५ वटै जिल्लामा एक-एक जना कार्यक्रम अधिकृत नियुक्त गरिनेछ ।
मन्त्रालयले मागेको एलजीसीडीपी कार्यक्रम अधिकृत हुन इच्छुक योग्य उम्मेद्वारले १ हजार शुल्क तिरेर दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फारम जिल्ला विकास समिति र नगरपालिकाको कार्यालयहरूबाट लिन सकिन्छ । फागुन १९ गतेसम्म दरखास्त सम्बन्धित स्थानीय निकायमै बुझाई सक्नुपर्नेछ ।
नियुक्ति प्रक्रियामा छनौटका लागि लिखित परीक्षा र अन्तरवार्ता लिइने र उम्मेदवारको योग्यता एलजीसीडीपी कार्यक्रम कार्याबिधि अनुरुप हुने मन्त्रालयले जनाएको छ ।
एलजीसीडीपी अधिकृतको न्युनतम तलब २० हजारभन्दा माथि हुनेछ ।
हेर्नुस् सूचनाः
















प्रतिक्रिया