काठमाडौं, ७ फागुन । इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अबैध पम्पलाई तेल दिइरहेको खुलेको छ ।
अघोषित नाकाबन्दीपछि पाँच महिना यता बिना दर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ ।
महर्जनमाथि अबैध प्रक्रियामार्फत भित्र्याएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महंगो मूल्यमा बेचेको अभियोग छ ।
प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको छ ।















प्रतिक्रिया