१५ कार्तिक २०८३, आइतबार

बैतडीमा छोराले गरे आमाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_districtबैतडी, ६ फागुन । आफ्नै आमाको हत्या गर्ने शिखरपुर–८ गवाडी खोला बस्ने ३० बर्षीय अन्तराम बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त बोहोराले बुधबार राति ७० बर्षीया आमा नन्दा बोहोरालाई शरिरको विभिन्न भागमा धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

केही समय पहिले मानसिक सन्तुलन गुमाएका अन्तराम औषधी उपचार पछि घरमा बस्दै आएका थिए ।

हिजो बेलुका अचानक उनले आफ्नै आमाको खुट्टा र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको उनकी श्रीमतीले जनाएकी छन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।