७ कार्तिक २०८३, शनिबार

यी हुन् फुटबलका भिलेन, जसले यसरी गरे रजाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-thapa-Kashav-bist
गणेश थापालाई चेतावनी दिँदै राखेप सदस्यसचिव

काठमाडौं, ६ फागुन । बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा पाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको छ ।

एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर खस्किएको थियो । तर, पछिल्लो तीन महिनामै फुटबलले चामत्कारिक प्रदर्शन गरेको छ ।

महानगरीय अपराध महाशाखाले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो । २७ असोजमा प्रहरीले थापासहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई मुद्धा दायर गरेपछि उनीहरु धरौटीमा छ्ुटेका थिए ।

एएफसीले उनीहरुलाई फुटबलमा आजीवन प्रतिवन्ध लगाइसकेको छ । विशेष अदालतमा उनीहरुको मुद्दा विचाराधीन छ । लामो समय नेपाली फुटबलमा राज गरेका गणेश थापालाई समेत फिफाको अनुशासन कमिटीले १० वर्षका लागि प्रतिबन्ध लगाउँदै २० हजार स्विस फ्रयांक जरिवानासमेत गरेको छ ।

नेपाली फुटबलमा सधैं विवादमा रहेका थापा बाहिरिएपछि फुटबलमा सफलता पाउनु संयोक मात्र नभएको खेलाडीहरु बताउँछन् । नयाँ पत्रिकामा समाचार छ ।