७ कार्तिक २०८३, शनिबार

भ्रमणमा दिल्ली नपुग्दै ओलीसँग भारत रुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K.P.-Oli Angry Man

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण टोलीमा कुनै पनि छलफलमा सरोकार नराख्ने व्यक्तिहरू पनि समावेश गरिएका छन् । भारतले टोलीको विषयमा अनौपचारिक रूपमा कुटनीतिक असन्तुष्टि जनाएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

भारतले ‘यति ठूलो टोलीलाई कस्तो प्रकारकोे छलफलमा सामेल गराउने’ भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको परराष्ट्रका एक अधिकारीले बताएका छन् ।

भारतले भ्रमण टोली बढीमा २२ जनासम्म हुने अपेक्षा गरेकोमा ९० जनाभन्दा बढी तय भएपछि असन्तुष्टि व्यक्त जनाइएको छ । सरकारले औपचारिक रूपमा ४६ सदस्य तय गरेको भए पनि मधेस आन्दोलनबाट फर्किएका दलका नेताहरू पनि थपिने क्रम जारी छ । त्यसबाहेक ५० जना निजी खर्चमा जाने तयारी छ । कान्तिपुर दैनिकमा समाचार छ ।