
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि काठमाडौंमा मेट्रो रेल गुडाउने सपना सुनाएका थिए । तर, यो योजना करिब चार वर्षअघिदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ ।
भूकम्पको उच्च जोखिम, लागत एकदमै धेरै हुने र रेलका लागि पूर्वाधार विकास गर्नुपर्ने स्थानमा ठूल्ठूला भवन बनिसकेको जस्तो चुनौतीले गर्दा सो योजना अघि बढाउने की नबढाउने विषयमा अन्योल रहेको अधिकारीहरूले बताएका छन् ।
नेपालको वार्षिक बजेटजति नै खर्च लाग्ने भएको भन्दै त्यसको फाइल अहिले थन्किएको पाइएको छ । लगानी बोर्डका एक अधिकारीले अहिले मेट्रो रेल योजनाको काम नथाल्दै धेरै चुनौती थपिएकाले योजना अन्योलमा परेको बताए । नेपाल समाचारपत्रमा समाचार छ ।















प्रतिक्रिया