
काठमाडौं, ६ फागुन । मोहन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर)बाट शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरेको छ ।
अखिलको आरआर क्याम्पस इकाई कमिटीले हरेक वर्षझै यसवर्षपनि एक दिने शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमअनुसार यसवर्ष फागुन ८ गते शनिबार विद्यार्थीहरुलाई दोलखाको दोलालघाट लगिनेछ । दोलालघाट चर्चित तथा मनोरम पर्यटकीय स्थल हो । यसैगरी काभ्रेपलान्चोक र सिन्धुपाल्चोकको बीचमा पर्ने सुनकोसी तिरमा पनि शैक्षिक भ्रमण हुनेछ ।
यो कार्यक्रमलाई ‘मेघा पिकनिक’ नाम दिइएको छ । हरेक वर्षझै विद्यार्थीलाई मनोरञ्जन र नयाँ ठाउँको जानकारी दिने उद्देश्यले शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रमको आयोजना गरिएको आरआर क्याम्पस इकाई अध्यक्ष तथा पिकनिक संयोजक विपिन अधिकारीले जानकारी दिए ।
उनका अनुसार पिकनिक कार्यक्रममा लिप पर्फमेन्स, सुपर डान्स, घैटो फुटाउने लगायत अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । अखिलले गत वर्ष आरआरबाट मकवानपुरको पर्यटकीय स्थल दामनमा शैक्षिक भ्रमण गरेको थियो ।












प्रतिक्रिया