७ कार्तिक २०८३, शनिबार

कान्ति बाल अस्पतालमा तीन महिने शिशुको औँला काट्नेलाई होला कारबाही ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kantibal Hospital Nepalकाठमाडौं, ६ फागुन । आन्द्राको शल्यक्रिया गरिएका पोखराका तीन महिने शिशु संयोग अधिकारीको हातका पाँचवटै औला काट्नु परेपछि कान्ति बाल अस्पतालले छानविन शुरु गरेको छ ।

गत पुस १३ गते भर्ना भई १६ गते आन्द्राको शल्यक्रिया गरिएका संयोगको आन्द्राको शल्यक्रिया सफल भए पनि हातमा रातो फोका देखापरेको हो ।

ती फोकाका कारण संक्रमण भएको भन्दै हातका पाँचवटै औला काटेर अस्पतालले उपचार प्रक्रिया अघि बढाएपछि अभिभावकले विरोध जनाएका थिए ।

अस्पतालका प्रवक्ता कैलाश झाले घटनाबारे छानविन भइरहेको र विस्तृत विवरणसहितको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

ती शिशुको जन्मजात आन्द्रा बटारिएकाले शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपछि औलाहरुमा केही फोका देखिएका थिए । त्यसको उपचार गर्नुपर्छ भन्दाभन्दै परिवारले डिस्चार्जका लागि कर गरे, झाले भने, त्यसपछि पुनः यहाँ आउन्जेल हातमा संक्रमण फैलिन थालिसकेको थियो ।

संक्रमणबाट बचाउन औला काट्नुपरेको भन्ने भनाइ सम्बन्धित चिकित्सकबाट आइरहेको छ तर यसको वास्तविकता छानविन गर्न अस्पतालले समिति गठन गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

शिशुका अभिभावकले भने अस्पतालको लापरवाहीका कारण शिशुको दाहिने हातका पाँचवटै औला काट्नुपरेको आरोप लगाएका छन् ।