७ कार्तिक २०८३, शनिबार

दिल्लीले किन लियो यू–टर्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-and-modi-660x330काठमाडौं, ६ फागुन । संविधान जारी भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गर्‍यो । २४ असोजमा भारतको रुचिविपरीत एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने ।

उनले भारतसँग सम्बन्ध सुधारका लागि १५ देखि १७ मंसिरमा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमण गराए । जुन सार्वजनिक पनि भयो ।

तर, त्यही समयमा नेपाली सेनाको गोप्य टोलीको दुई साता लामो दिल्ली भ्रमण पनि गराए । जुन अति गोप्य राखियो । दुई सेनाबीचको छलफलपछि भारत नाकाबन्दी हटाउन तयार भयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नाका खोल्ने आश्वासनपछि मात्रै प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा गएका थिए । भारतले क्रमश: नाकाबन्दीमा पुनरावलोकन गर्ने आश्वासन पठाएको थियो ।

नाकाबन्दी हट्ने संकेत पाएपछि मात्रै प्रधानसेनापति क्षत्रीले भारत भ्रमणमा जाने निश्चित गरेका थिए । उनी भ्रमणमा जाँदा नाकाबन्दी थियो, फर्किँदा हटिसकेको थियो ।