काठमाडौँ, ५ फागुन । संरक्षित तथा दुर्लभ वन्यपंक्षी हुचिलसहित ७ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा फुजेल–७ बस्ने २५ बर्षीय बिष्णु अमगाई, गोरखा फुजेल–१ बस्ने १९ बर्षीय सुमन लामिछाने, गोरखा बोर्लाङ–९ बस्ने २२ बर्षीय दीपराज रेग्मी, गोरखा चउरपानी- ३ बस्ने ३६ बर्षीय बीरमान गुरुङ, झापा कोहवारा–१ बस्ने ३७ बर्षीय पृथ्वी चेमजोङ, मोरङ पथरी–१४ बस्ने ४५ बर्षीय बीर बहादुर खत्री र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ४३ बर्षीय भुवेन लामा रहेका छन् ।
तीन करोड रुपैयाँमा बिक्री बितरण गर्ने उद्देश्यले हुचिल राखेको अवस्थामा तारकेश्वर नगरपालिका–८ बाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
प्रहरीले उनीहरुबाट बा.१३ च ४१४२ नम्वरको गाडी, बा.३७ प ७३९२, बा.५३ प ८८१९ मोटरसाइकल र बा.५२ प ३४९८ नम्वरको स्कुटर समेत बरामद गरेको छ ।
उनीहरुलाई प्रहरीले आवश्यक कानूनी करवाहीको लागि बुधबार जिल्ला बन कार्यालय हात्तिसारमा पठाएको छ ।












प्रतिक्रिया