
काठमाडौं, ५ फागुन । ललितपुरमा ल्यापटप चोर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ल्यापटप चोरी गर्ने काभ्रे घर भई ललितपुर बस्ने २२ वर्षीय सेते भन्ने निरज तामाङ्गलाई बुधबार महानगरीय प्रहरी परिसर ललितपुरले बालकुमारीबाट पक्राउ गरेको प्रवक्ता डीएसपी किसनसिंह थापाले जानकारी दिए ।
अभियुक्त तामाङले करिव २ वर्ष पहिले झापा लखनपुर १ घर भई हाल काठमाडौ ईन्जिनियरिङ्ग कलेजमा अध्ययनरत सुजन देवानको डेल कम्पनीको ल्यापटप चोरेका थिए ।
उनलाई थप अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी बृत्त कालीमाटी पठाईएकोे डीएसपी थापाले बताए ।












प्रतिक्रिया