१५ कार्तिक २०८३, आइतबार

फेरि ब्युतियो मधेस आन्दोलन, भैरहवामा लाठी जुलुस प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-bhairhawa (2)

– रबिन्द्रप्रताप गुप्ता
भैरहवा, ५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले घोषित कार्यक्रम अनुसार बुधबार भैरहवामा लाठी जुलुस प्रदर्शन गरेको छ ।

पछिल्लो पटक मधेसी मोर्चाले जारी गरेको कार्यक्रम अनुसार बुधबार मधेसका सम्पूर्ण जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

Morcha-bhairhawa (1)

भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिर अगाडीबाट निस्केको लाठी जुलुस गल्लामण्डी हुँदै मिलन चोकमा आएर समापन भएको थियो ।

उक्त लाठी जुलुसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका संयोजक एवं संघीय समाजवादी फोरम नेपाल, रुपन्देहीका अध्यक्ष महेन्द्र यादव, सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पुर्ब कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी, तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका अध्यक्ष अजय वर्मा, उपाध्यक्ष अजय कुमार गुप्ता, सदभावना पार्टीका नेता आनन्द प्रसाद गुप्ता लगायतको सहभागीता रहेको थियो ।