१ कार्तिक २०८३, शनिबार

प्रथम भए प्रधानमन्त्री ओली !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-oliकाठमाडौं, ५ फागुन । ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियानलाई सहयोग गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली प्रथम हुनुभएको छ ।

पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि सहयोग जुटाउन भन्दै बैंक खाता खोलेपछि त्यसमा रकम जम्मा गर्ने पहिलो व्यक्ति प्रधानमन्त्री ओली हुनुभएको छ ।

प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखामा १४२०००१९८००१ नम्बरको खाता खोलेको हो । बैंक खातामा प्रधानमन्त्री ओलीले एक महिनाको पारिश्रमिकवापतको ६१ हजार ८ सय २० रुपैयाँ जम्मा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रकम जम्मा गरेसँगै जनताकै लगानीमा धरहरा पुनर्निर्माणका लागि सहयोग संकलन हुने क्रम पनि शुरु भएको छ ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहराको पुनर्निर्माणका लागि सबै मन्त्रीको एक महिनाको पारिश्रमिक बैंक खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।