१५ कार्तिक २०८३, आइतबार

कर्मचारीको सेवा सुविधामा विभेद छ, त्यसलाई म हटाउछुः मन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sharma-Minister-430x316भक्तपुर, ५ फागुन । सामान्य प्रशासनमन्त्री रेखा शर्माले एउटै तहका कर्मचारीहरुलाई सरकारले दिने सेवा सुविधामा बिभेद रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएकी छन् । उनले त्यसबारे सुझाव दिन सबैलाई आग्रह पनि गरेकी छन् ।

नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनको तेस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई बुधबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको बीचमा राज्यले दिने सेवा सुविधामा रहेका बिभेद अन्त्य हुनु जरुरी छ । त्यसको लागि कसरी अघि बढ्दा कर्मचारीलाई सहज र ऐन, नियम अनुकुल हुन्छ, सुझाव दिन आग्रह गर्दछु ।’

दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई पनि छायाँमा पारेकाले आफू आधिकारिक ट्रेड युनियनको निर्बाचन गराउन लाागिपरेको उनले बताइन् । आफूले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि आधिकारीक ट्रेड युनियनको चुनाव चैत २८ गतेका लागि तोकिएको उनले जानकारी गराइन् ।

‘दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई पनि छायाँमा पारेका छन्,’ मन्त्री शर्माले भनिन्, ‘त्यसलाई कम गर्न आधिकारीक ट्रेड युनियन जरुरी छ ।’

एउटै मात्रै आधिकारिक ट्रेड युनियन भएमात्रै कर्मचारीहरुलाई लाग्ने गरेका नकारात्मक आक्षेपहरु समाधान हुने र सरकारको विश्वासिलो सहयात्री हुने उनको विश्वास थियो । मन्त्री शर्माले सबै क्षेत्रमा आधिकारीक ट्रेड युनियनको आवश्यकता औंल्याइन् ।

मन्त्री शर्माले देशमा नयाँ संविधान लागू भएपछि देश संघीयतामा गइसकेको र कर्मचारीहरुलाई त्यसअनुरुप व्यवस्थापन गर्ने तयारी भैरहेको उनले जानकारी दिइन् ।