दाङ, ५ फागुन । दाङमा प्रहरीले दुई किलो ५०० ग्राम लागुऔषध चरेशसहित एकै घरका बाबुछोरालाई नियन्त्रणमा लिएको छ ।
घोराही नगरपालिका–७ डुम्मरगाउँ प्रगतिटोलका ४७ वर्षीय नगेन्द्र बूढा र २३ वर्षीय छोरा ठाकुरप्रसाद बूढालाई मङ्गलबार राति दुई किलो ५०० ग्राम चरेशसहित नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो ।
चरेश राखेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा शौचालयको छानामा लुकाई राखेको अवस्थामा उक्त चरेश फेला परेपछि बाबुछोरालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार यसअघि पनि अहिले पक्राउ परेका ठाकुरप्रसाद र उनका आमा चरेशकै मुद्दामा सजाय भोगेर छुटेका थिए ।












प्रतिक्रिया