
काठमाडौं ५ फागुन । हवाई इन्धनको मूल्य घटेसँगै वायु सेवा सञ्चालक संघ नेपाल(आयोन)ले आन्तरिक हवाई भाडा घटाएको छ ।
नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य घटाएको थियो । इन्धनको मूल्य घटेपछि आन्तरिक विमानहरूको छाता संगठन आयोनले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएको हो ।
वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा कम्तीमा २१ सय देखि ६ सय रुपैयाँसम्म भाडा घटाएको आयोनका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए ।
संघको भाडा सम्बन्धिको प्राविधिक कमिटीले धनगढीमा २ हजार १ सय ३५, नेपालगञ्ज १ हजार ६ सय १५, भैरहवा १ हजार १ सय ३५, पोखरा ९ सय ३०, भरतपुर ७ सय २० रुपैयाँ पहिलेको भाडा दरमा घटाएको छ ।
त्यस्तै विराटनगरमा १ हजार २ सय ७०, जनकपुरमा ८ सय २५, सिमरामा ६ सय २० रुपैयाँ घटाइएको छ । यो मूल्य बिहीबारदेखि लागू हुने अध्यक्ष कार्कीले बताए ।
नयाँ मूल्य अनुसार अब न्यूनतम तीन हजारमै हवाई यात्रा गर्न सकिनेछ ।















प्रतिक्रिया