१५ कार्तिक २०८३, आइतबार

नवजात शिशुको बेवारिसे शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejungताप्लेजुङ, ५ फागुन । ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

नाङ्खोल्याङ–४ का सलबहादुर लिम्बुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रहरीकाअनुसार पेटदेखि माथिको भाग नभएको उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ । शव मङ्गलबार दिउँसो भेटिएको हो ।

अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस