
– ललित केसी
अछाम, ५ फागुन । राजधानी काठमाडौंपछि नेपालमै पहिलोपटक अछाम जिल्लामा ‘रेमडम वाल’ अर्थात माटोको पर्खाल भएका घरहरु निर्माण भईरहेका छन् ।
जिल्लाको वयलपाटामा रहेको बडेलगडा अस्पताल हाताभित्र ति घरहरु निर्माण भईरहेका हुन् । न्याय हेल्थ नामक गैरसरकारी संस्था र नेपाल सरकारको साझेदारीमा उक्त घरहरु निर्माण भइरहेको ईन्जिनियर पुष्कर भण्डारीले जानकारी दिनुभयो ।

माटोका घरहरु निर्माण गर्दा ५५ प्रतिशत वालुवा, २० प्रतिशत गिट्टी, २५ प्रतिशत रातो माटोको जम्मा तौलको ६ प्रतिशत सिमेण्टको मिश्रण गरी घर निर्माण हुने ईन्जिनियर भण्डारीले बताउनुभयो । काचो माटोलाई मेसिनमा पेलेर पहिले ६ मिमिको जाली र त्यसपछी २ मिमिको जालीमा चालेर प्रयोग गरिएका घरहरु पिलर, ढलान घर भन्दा सस्तो र ढुंगाबाट बनेका घरहरु भन्दा सस्तो हुनुका सथै भूकम्प प्रतिरोधी समेत हुने बताईएको छ ।
उक्त अस्पताल हाताभित्र अस्पताल प्रयोजनका लागि ३ चरणमा १९ ओटा यस्ता घर निर्माण हुने र पहिलो चरणमा ७ वटा क्वाटर, १ ओटा होस्टेल तथा दोस्रो र तेस्रो चरणमा ७ वटा क्वाटर, १ अन्तरंग विभाग भवन, १ वहिरंग भिाग भवन, १ प्रसासनिक भवन, र १ ईमर्जेन्सी व्लक निर्माण हुने वयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले जानकारी दिनु भयो ।
डाक्टर गौचनका अनुसार पहिलो चरणका भवनहरु निर्माणका काम करिव ९० प्रतिशत सम्पन्न भईसकेको छ । २०७२ साल वैशाखबाट निर्माको काम सुरु गरेको भएपनि भूकम्प र नाकाबन्दीका कारण काममा केही ढिलाई भएको डाक्टर गौचनले जानकारी दिनुभयो ।
















प्रतिक्रिया