
इलाम, ४ फागन । ‘एकपल्ट खाएपछि खान मान्दैनथ्यो । भोक लाग्योे खा न नानी’ भन्दा अघि खाए भन्थ्यो,’ ७५ वसन्त पार गर्दैगर्दा नेपाललाई साग फुटबलमा स्वर्ण दिलाउँदा नायक साबित भएका फुटबलर नवयुग श्रेष्ठकी हजुरआमा हर्कमायालाई अझै पनि नातिकै बाल्यकाल आखामा झल्झली उभिएको छ ।
साग फुटबलको १२ औं संस्करणमा छिमेकी भारतलाई पछि पार्दै नेपालका लागि निर्णायक गोल गरेका नातिलाई कतिबेला अगालो हालुँ जस्ता भयो उनलाई ।
भारतमा रहेका नाति नवयुगको घर फर्किने साइत कहिले जुर्ला भनेर हर्कमाया अहिले बाटो हेर्दैछिन् । नवयुग सहभागी नेपाली टिमले दिलाएको विजपश्चात घरमा बधाई दिन आइपुगेका आफन्त र छरछिमेकी र शुभचिन्तकलाई मंगलबार नातिको बाल्यकालका कुरा सुनाउन भ्याइनभ्याई छ ।
हर्कमायाले टेलिभिजनको पर्दामै हेरेर नवयुगको सफलता र सुखद भविष्यको कामना गर्दै पशुपतिनाथसँग प्रार्थना गरेको बताइन् । ‘आर्मीमा जान्छु भन्यो, तीन हजार दिएर पठाएँ । अहिले त फुटबलमा पो गएछ’ हर्कमायाले भनिन् । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया