काठमाडौं, ५ फागुन । नेपालले ०६२/६३ यता भारतबाट ६० प्रतिशत अनुदानमा किनेका हातहतियारको करिब दुई अर्ब रुपैयाँ तिर्न बाँकी छ ।
ओलीले सो रकम मिनाहाका लागि प्रस्ताव लैजाने तयारी भएको छ । ‘भारतले ६० प्रतिशत अनुदानमा दिएको हतियारको ४० प्रतिशत मूल्य हिसाब गर्दा दुई अर्ब रुपैयाँ पुगेको जानकारी आयो, यसको मिनाहाका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुनेछ,’ ओलीनिकट स्रोतले भन्यो ।
०६२/६३ को आन्दोलनपछिको भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भारतले सैन्य सामग्री खरिदको बक्यौता करिब पौने दुई अर्ब ऋण मिनाहा गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
को–को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाल, प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनाल रहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोदकुमार सिंह (दाहाल), परराष्ट्रसचिव शंकरदास वैरागी, अर्थसचिव लोकदर्शन रेग्मी, परराष्ट्रका भारत शाखा हेर्ने सहसचिव प्रकाशकुमार सुवेदी, प्रमुख शिष्टाचार महापाल रमेश खनाल, सहायक शिष्टाचार महापाल राजाराम बर्तौला, परराष्ट्रका उपसचिव सुरेन्द्र थापा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, सुरक्षा पाश्र्ववर्ती प्रमुख सेनानी भुवन खत्री, प्रहरीका डिएसपी, एकजना निजी चिकित्सक सरकारी सञ्चारमाध्यमका चार र सूचना विभागका एक प्रतिनिधि सांसदहरू कांग्रेस नेतृ सुजाता कोइराला, कांग्रेस नेता पूर्णबहादुर खड्का, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, एमाओवादी प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
एमाले सांसद डा. राजन भट्टराई फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झासहित १२ जना रहेका छन् ।
निजी खर्चमा जानेहरू नेपाल उद्योग वाणिज्य महासंघबाट पशुपति मुरारकासहित सुरज वैद्य, चण्डीराज ढकाल, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, भवानी राणा, ज्ञानेन्द्रलाल प्रधान, चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ, साहिल अग्रवाल, ज्योत्सना श्रेष्ठ, त्रिभुवनधर तुलाधर नेपाल उद्योग परिसंघबाट नरेन्द्र बस्न्यात, हरिभक्त शर्मा, अनुज अग्रवाल, निर्वाण चौधरी नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ, लोकमान्य गोल्छा, दीपक श्रेष्ठ, नरेश श्रेष्ठ नेपाल घरेलु तथा साना उद्योग महासंघबाट सुरेशकुमार प्रधान, श्यामप्रसाद गिरी, शोभा गुरुङ रहेका छन् ।















प्रतिक्रिया