
काठमाडौं, ४ फागुन । अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष एवं राप्रपा नेपालका सांसद गणेश थापाले नेपाली फुटबलमा दुई दशक एकछत्र राज गरे । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गत नोभेम्बरमा १० वर्षको लागि प्रतिबन्ध गरेपछि उनी एन्फा छाड्न बाध्य भए । दुई दशकसम्म निरन्तर उनले नेतृत्व गर्दा नेपाली फुटबलले कुनै उपाधि पनि जित्न सकेन ।
नेपाली फुटबल दक्षिण एसियाली फुटबल र सागका प्रतियोगितामा पटक पटक चुक्यो । त्यसभन्दा माथिल्लो स्तर त नेपालले सोच्न पनि सकेन । एन्फाभित्र विवाद र भ्रष्टाचार बढ्दै जाँदा खेलाडी पनि अछुतो रहन सकेनन् ।
पैसालका लागि पटक पटक हारेर देशको स्वाभिमान बेचेको अभियोगमा तत्कालीन कप्तानसहित पाँचजनालाई प्रहरीले गिरफ्तार गर्यो । उनीहरु धरौटीमा छुटेपनि विशेष अदालतमा मुद्दा विचाराधीन छ । नयाँ पत्रिकामा समाचार छ ।















प्रतिक्रिया