
काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेकाअनुसार आन्तरिकतर्फ १६४ दशमलव ८८ रुपैयाँ प्रतिलिटरबाट घटाएर १०९ रुपैयाँ कामय गरिएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ १५३० डलर प्रतिकिलो लिटरबाट घटाएर ९८१ प्रति किलोटिर कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउमा गिरावट आएपछि निगमले मंगलबारदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको प्रवक्ता घिमिरेले बताए ।
उनका अनुसार पेट्रोल र डिजलमा भने तत्काल मूल्य समायोजन हुने संभावना छैन् ।















प्रतिक्रिया