
रन्चो मिरगे (संयुक्त राज्य अमेरिका), ४ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओमाबाले सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरुलाई बलियो र दिगो साझेदारीको लागि आह्वान गर्नुभएको छ ।
अमेरिकाको आर्थिक र सुरक्षा मुद्दाको विषयमा सो दुई दिने बैठकमा छलफल हुने बताइएको छ । उहाँले सो बैठकमा एसियाली राष्ट्रहरुसँगको यस समझ्दारी र सहयोगका बारेमा आफ्नो धारणा राख्नुभयो ।
सो बैठकको उद्घाटन गर्दै उहाँले दक्षिणपूर्वी एसियाली चार राष्ट्रलाई सहयोग र साझेदारीको लागि आह्वान गर्नुभएको हो ।
सो बैठकमा ब्रुनाई, मलेसिया, सिङ्गापुर र भियतनामलगायतका दक्षिणपूर्वी एसियाका १२ जना नेताहरुको सहभागिता रहेको छ ।
सो बैठकमा संयुक्त राज्य अमेरिका र दक्षिण पूर्वी एसियाली देशबीचमा आर्थिक विकास, क्षेत्रीय शान्ति, आतङ्कवादको अन्त्य, जलवायु परिवर्तनलगायतका विषयमा आवश्यक छलफल र सहयोग आदानप्रदानका विषयमा सहमति हुने बताइएको छ । रासस/एएफपी















प्रतिक्रिया