१ कार्तिक २०८३, शनिबार

भारतले पनि देखायो विश्वलाई आफ्नो तागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prithvi-2-mesiyal

नयाँ दिल्ली, ४ फागुन । भारतले मङ्गलबार गृह निर्मित पृथ्वी–द्धितिय नामक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।

यो परीक्षण पूर्वी भारतीय राज्य उडिसामा गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय सेनाद्धारा गरिएको यो परीक्षण जमिनबाट जमिनमा मार हान्न सक्ने खालको हो । यस परीक्षण सफलतापूर्वक सम्पन्न भएको भारतीय सैनिक अधिकारीले बताएका छन् ।

यस क्षेप्यास्त्र ३ सय किलोमिटरसम्म मारहान्न सक्ने क्षमताको रहेको बातइएको छ । भारतीय सैनिक सशस्त्रबलद्धारा यसअघि पृथ्वी पहिलो नामको क्षेप्यास्त्र पहिलो पटक सन् २००३ परीक्षण गरिएको थियो । रासस/सिन्ह्वा