१ कार्तिक २०८३, शनिबार

भारतीय प्रशिक्षकले पनि गरे नेपाली खेलाडीको प्रशंसा, बुढाथोकीको ‘फ्रि किक’ विश्वस्तरीय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Football-coach

काठमाडौं, ४ फागुन । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३ वर्षपछि उपाधि जितेको छ ।

सोमबार राति भएको फाइनलमा खेलमा नेपालले २–१ गोलले भारतलाई हरायो । नेपालले जितेपछि देशविदेशबाट बधाई शुभकामना प्राप्त भएको छ । प्रधानमन्त्री, प्रधानसेनापति, अमेरिकी राजदूतावास र पाकिस्तान लगायतले जितमा बधाई दिँदै नेपालको प्रशंसा गरेका छन् ।

यसैक्रममा आफ्नो टिमले हार्दा पनि एक जना भारतीय प्रशिक्षकले पनि नेपाली फुटबल टिमका खेलाडीहरुको खुलेरै प्रशंसा गरेका छन् ।

सोमबार राति खेल नेपाल र भारतबीचको फाइलन खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रशिक्षक ली जोनसनले नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ठ रहेको बताए ।

उनले नेपालका लागि पहिलो गोल गर्ने प्रकाश बुढाथोकीको ‘फ्रि किक’ विश्वस्तरीय रहेको बताउँदै खुलेरै प्रशंसा गरे । उनले भने– ‘त्यो फ्रि किक विश्वस्तरीय थियो । विश्वका कुनै पनि गोलकिपरले त्यस्तो फ्रि किक रोक्न सक्दैनन् ।’

घरेलु मैदानमै हार्दा भारतीय मिडियाले समाचारसम्म प्रकाशित नगरेका बेला भारतका लागि काम गर्दै आएका विदेशी प्रशिक्षक जोनसनले भने नेपालको प्रशंसा गर्नसम्म भ्याए ।

उनले नेपालका ह्याट्रिक ब्वाई नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथुको प्रदर्शनबाट आफू प्रभावित भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली प्रशिक्षक राजु शाक्यले आफ्नो सपना पुरा भएको बताए । उनले भने- ‘भारतलाई उसकै घरेलु मैदान हराउने हाम्रो लक्ष्य थियो । त्यो पुरा भएको छ ।’

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=PUo0rHq41OQ